कसरी सक्यो सरकारले १५ दिनमै ४० अर्ब ?


१९ असार २०७५, मंगलवार
aartha mantralay

काठमाडौं, १९ असार । चालु आर्थिक वर्ष सकिन दुई हप्ता मात्र बाँकी रहँदा सरकारको खर्चको ग्राफ एक्कासी बढेको । आर्थिक वर्ष २०७३–७४ को मैजारो लाग्दै गर्दा सरकारले ९ खर्ब १० अर्ब १७ करोड ३४ लाख रुपैयाँ मात्र खर्च गरिसकेको छ । चालु आबको लागि सरकारले १२ खर्ब, ७८ अर्ब, ९९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । चालु आवका लागि सरकारले विनियोजन गरेको बजेटमध्ये अझै ३ अर्ब ६७ करोड रुपैयाँ रकम खर्च गर्न सकेको छैन ।

aartha mantralay

विनियोजित बजेट खर्च गर्न सरकारले दैनिक ४२ अर्ब ५८ करोडको दरले खर्च गर्नुपर्ने देखिएको छ । चालु खर्चमा सरकारले विनियोजन गरेको ८ खर्ब ३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । सोमध्ये हालसम्म ६ खर्ब ४७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । विकास कार्यका लागि पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब रुपैंया विनियोजन भएको थियो । त्यसमा १ खर्ब ७८ अर्ब मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थानका लागि सरकारले १ खर्ब ४० अर्ब रुपैंया विनियोजन गरेकोमा ८३ अर्ब रुपैंया खर्च भएको छ ।

महालेखाको तथ्याङ्कले चालुतर्फ करीब ८० दशमलव ६३ प्रतिशत बजेट खर्च भइसकेको देखाएको छ । पूँजीगततर्फ भने कूल विनियोजित बजेटको ५३ दशमलव २४ प्रतिशत मात्रै खर्च भएको छ । विकास निर्माणका कार्यमा छुट्याएको रकम विगत वर्षहरुमा जस्तै यो वर्ष पनि थोरै खर्च भएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले चालुतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड ३६ लाख ५४ हजार रुपैयाँ खर्च लक्ष्य राखेको थियो । पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबर खर्चको लक्ष्य थियो । वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४० अर्ब २८ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर खर्च गर्ने सरकारको लक्ष्य रहे पनि ८३ अर्ब रुपैंया मात्रै खर्च भएको छ ।

किसानलाई खेतीको चटारो, सरकारलाई पैसा सक्ने हतारो

आर्थिक वर्षको अन्तिममा बजेट बढी निकासा हुने तथा असारे विकास गरेर पैसा सिध्याउने प्रवृत्ति यो पटक पनि उस्तै देखिएको छ । बजेट सक्ने परिपाटी हरेक वर्ष जस्तै यस वर्ष पनि दोहोरिएको छ ।

असार पहिलो हप्तामा बजेट खर्च ८ खर्ब ६३ अर्ब ११ करोड ३७ लाख ५४ हजार रुपैयाँ खर्च भएको देखिन्छ । जसमध्ये चालुतर्फ ६ खर्ब २२ अर्ब ८९ करोड ८ लाख ३१ हजार रुपैंयाँ पूँजीगततर्फ १ खर्ब ६२ अर्ब ८० करोड २३ लाख २५ हजार र वित्तीय व्यवस्थापनतर्फ ७७ अर्ब ४२ करोड ५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ ।

असारको करीब दुई हप्तामा मात्रै सरकारले चालुतर्फ करीब २० अर्ब रुपैयाँ, पूँजीगत १४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ६ अर्ब ३७ करोड ८७ लाखभन्दा बढी रकम खर्च गरेको तथ्याङ्कले देखाएको छ । यस हिसाबले १५ दिनमै सरकारले झण्डै ४० अर्ब रुपैयाँभन्दा बढी सरकारले खर्च गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७