२५ वर्षे शैयद बने महाथिर सरकारको कान्छो मन्त्री, कति टाढा छ नेपालमा त्यो दिन ?


१९ असार २०७५, मंगलवार
saiyad

काठमाडौं, १९ असार । नेपालको सन्दर्भमा २५ वर्षको उमेर ठूलो जिम्मेवारीका लागि पर्याप्त होइन । देश चलाउने सन्दर्भमा त २५ वर्षको उमेर नेपालमा कल्पना बाहिरको कुरा हो । तर, आकारमा सानो रहेको मलेसियामा भने २५ वर्षको ठिटो महम्मद महाथिर सरकारको खेलकुदमन्त्री बनेका छन् । आउँदो डिसेम्बरमा २६ वर्ष लाग्ने सैयद सद्दीकले मलेसियाको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बन्ने सौभाग्य पाएका छन् ।

saiyad
मलेसियाका युवामन्त्री सैयद । तस्विर : गुगल

सोमबार महम्मद महाथिर सरकारमा युवा तथा खेलकुदमन्त्री नियुक्त भएका उनीमाथि अहिले विश्वको आँखा परेको छ । इन्टरनेशनल इस्लामिक युनिभर्सिटीबाट हालै मात्र कानूनमा स्नातक गरेका उनी राजनीतिमा आउनु अघि प्रखर वक्ताका रुपमा परिचित थिए ।
उनले एसियाकै उत्कृष्ट वक्ताको अवार्ड तीन पटक जितेका छन् । हालै भएको चुनावमा उनी राजनीतिमा आएका थिए र पाकातान हारापनबाट चुनाव जितेका हुन् ।

उनको यो राजनीतिक सफलतासँग नेपाली युवा समेत लोभिएका छन् । नेपाली राजनीतिमा प्रखर वक्ताको रुपमा आफ्नो छवी बनाएका धेरै दलका धेरै युवा नेताहरु छन् । तर, पनि उनीहरुले देशको नेतृत्व गर्ने अवसर भने जस्तो पाइरहेका छैनन् । सैयदको यो सानो उमेरको ठूलो फड्कोलाई हेर्दा नेपालमा पनि यो दिन कहिले आउँला भन्ने मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो ।

तर, यो दिन वास्तविक रुपमा पूरा हुन कहिलेसम्म प्रतिक्षा गर्नुपर्ने हो त्यो भने अहिले नै अनुमान लगाउन कठिन छ । देशको नेतृत्वदायी भूमिकामा पुग्न कपाल ‘पाक्नै’ पर्छ भन्ने हामीभित्रको मानसिकता जब कम हुँदै जान्छ तव मात्र यो दिनको कल्पना साँच्चै साकार बन्न सक्ला भन्ने अनुमान भने गर्न सकिन्छ ।

मलेसियाका पूर्व प्रधानमन्त्रीको आलोचना र युवामन्त्रीको प्रशंसा

महाथिर सरकारले युवामन्त्रीको रुपमा २५ वर्षे ठिटो सैयदलाई स्वागत गरिरहेका बेला मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रज्जाक भने आलोचनाको शिकार मात्र बनेका छैनन् प्रहरीले पक्राउ समेत गरेको छ । उनी मंगलबार विहान ३ बजे आफ्नै घरबाट पक्राउ परेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी) ले उनको पक्राउको घटनाको पुष्टि गरेको ।

‘हाम्रो विज्ञप्ति पर्खनुस्’ आयोग स्रोतले भनेको छ । उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् । मलेसियन सञ्चारमाध्यमहरुमा पूर्व प्रधानमन्त्रीले आफ्नो छवीलाई जोगाउन नसकेको भन्दै आलोचना गरेका छन् भने युवामन्त्रीको सफलताले देशले थप विकासको गति लिने अपेक्षासहित प्रशंसापूर्ण समाचार सामग्रीहरु पस्केका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७