फेरि शुरु भयो पेट्रोलियम पदार्थको हाहाकार


१९ असार २०७५, मंगलवार
petrol

बुटवल, १९ असार । भारतीय बजारमा पेट्रोलियम पदार्थको उतार–चढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । petrol

खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् । सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँ बाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको बताए ।

उनले पेट्रोलियम पदार्थको हाहाकार नै नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको बताए । कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १५० ट्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरेको जानकारी दिँदै दैनिक रुपन्देहीमा सात लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको बताए ।

लुम्बिनी डिजेल सेन्टरका सञ्चालक प्रेम वाग्लेले यो समयमा माग बढी हुने भएकाले सबै ठाउँमा अभाव देखिएको बताए । सैनामैनामा एउटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ आए पनि अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ छैन भन्ने सूचना टाँस गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७