इङल्याण्डको इतिहासलाई कोलम्बियाले गर्ला क्रमभङ्ग ?


१९ असार २०७५, मंगलवार
harry kane and james rodriguze

काठमाडौं १९ असार । रसियामा जारी विश्वकप फुटबलमा आज अन्तिम सोह्रको खेल हुँदैछ । विश्वकपमा अन्तिम १६ अन्तर्गतको आजको खेलमा स्वीडेन र स्वीजरल्याण्ड नेपाली समय अनुसार ७ः४५ मा प्रतिष्पर्धाका लागि उत्रदै छन् ।

harry kane and james rodriguze

अन्तिम १६ कै दोस्रो खेल इङल्याण्ड र कोलम्बीयाबीच ११ः४५ बजे हुँदैछ । यी खेलबाट जुन टोली विजयी हुन्छ उसले क्वार्टर फाइनलको यात्रा तय गर्नेछ । पराजित टोलीको विश्वकप यात्रा यहि अन्त्य हुनेछ ।

आज हामी विशेष गरी यहाँ इङल्याण्ड र कोलम्बियाको खेलबारेमा चर्चा गरेका छौँ । फुटबल इतिहासमा इङल्याण्ड र कोलम्बिया आज छैठौं पटक आमन्ने–सामुन्ने हुँदैछन् । अहिलेसम्मको भेटमा कोलम्वियासँग इङल्याण्डले पराजय बेहोर्नु परेको छैन । यी दुई टोलीबीचको खेलमा इङल्याण्ड विजयी हुँदै आएको छ । विश्वकपमा यी दुई टोलीको भेट २० वर्षपछि भएको छ । इङल्याण्डका लागि विरासत जोगाउनु आवश्यक छ भने कोलम्बिया इङल्याण्डको यो छवी ढाल्ने दाउमा छ ।

सन् १९९८ फ्रान्समा भएको विश्वकपमा यी २ टोलीबीच समूह चरणको खेलमा प्रतिष्पर्धा भएको थियो । जसमा इङल्याण्डले २—० को नतिजा निकालेको थियो । इतिहास हेर्दा कोलम्बियाविरुद्ध इङल्याण्ड नै हाबी भएको छ । तर, कोलम्बिया सन् २०१२ देखियता युरोपेली मुलुकसँगको खेलमा कुनै खेल गुमाएको छैन । कोलम्बियाले ८ अन्तर्राष्ट्रिय खेल खेलेकोमा ६ खेलमा विजयी भएको छ, भने २ खेल बराबरी खेलेको छ ।

कोलम्बियाले खेलमा गरेको यो सुधारले पनि आजको खेल निकै अर्थपूर्ण हुनेछ । दुवै टोली बलिया भएकाले यसैको पक्षमा नतिजा आउँछ भन्न सक्ने अवस्था छैन । आजसम्म कोलम्बियाले ५ औँ पटक विश्वकप खेलिसकेको छ । कोलम्बियाले पाँच विश्वकपमा २१ खेल खेल्दै सबै खेलमा गोल गर्न सफल भएको छ । कोलम्बिया ३ पटक नकाउट चरणमा प्रवेश गरेको छ ।

उता इङल्याण्ड ८ पटक विश्वकप खेलिसकेको छ । इङल्याण्ड २ पटक क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ । सन् १९९८ देखि २०१४ सम्म विश्वकपको दावेदारको रूपमा इङल्याण्डलाई हेरिए पनि उसले उपाधि हत्याउन सकेको छैन । सन् २००६ देखियता इङल्याण्डले नकआउट चरणमा खेल जितेको छैन । तर, यस पटकको खेललाई मूल्याङ्कन गर्ने हो भने इङल्याण्ड राम्रो फर्ममा छ । समूह चरणको खेलमा बेल्जियमसँग १—० ले पराजित बने पनि पानामा र ट्यूनिसियासँगको खेलमा राम्रो प्रदर्शन गरेको छ । २ खेल नै जितेको इङल्याण्डले ८ गोल गरेको छ । जसमा इङल्याण्डका कप्तान ह्यारी केनले मात्रै ५ गोल गरेका छन् ।

कोलम्यिाले भने पोल्याण्ड र सेनेगललाई समूह चरण पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाएको हो । २ खेल जितेको कोलम्बियाले ४ गोल गरेको छ । यो विश्वकपमा जेम्स रोड्रिग्वेजले गोल गर्न नसके पनि पोल्याण्डसँगको खेलमा ३ गोलको एसिस्ट गरेका छन् ।

यो विश्वकपमा इङल्याण्डसँग अघिकांश इङ्लिस क्लबका खेलाडीले भरिएको छ । फरवार्डमा ह्यारी केन र देले अली दुवै टोटनह्याम क्लबका फरवार्ड हुन् । चोटका कारण पानामा र बेल्जियमयविरुद्धको खेल गुमाए पनि आज मैदान फर्कने निश्चित छ । फर्केको अवस्थामा केनसँग राम्रो तालमेल मिल्न सक्छ, जुन कोलम्बियाको लागि घातक बन्न सक्छ ।

कोलम्बियासँग पनि जेम्स रोड्रिग्वेज, जुआन कुआर्डर्डाे, क्विन्टेरो, यारी मिना, फाल्काओ जस्ता स्तरीय खेलाडी छन् । चोटका कारण ३ खेलमा नदेखिएका फाल्काओले खेल्ने नखेल्ने निश्चित छैन । कोलम्बिया रोड्रिग्वेजको भरमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७