एक लाख २१ हजार मोहीले जमिन पाउने


१९ असार २०७५, मंगलवार
0 Shares
bhumishudhar

काठमाडौं, १९ असार । के तपाई मोहियानी पाउने आशामा हुनुहुन्छ ? अब तपाईको यो आशा चाँडै पूरा हुने भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले एक बर्षभित्रै १ लाख २१ हजार मोहीलाई जमिन उपलब्ध गराउने घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले भदौ मसान्तभित्र तथ्यांक संकलन गरेर एक बर्षभित्र जग्गा उपलब्ध गराईसक्ने दावी गरेका छन् ।bhumishudhar

मोही र सुकुम्वासी समस्या हल गर्नका लागि मन्त्रालयले संयन्त्र समेत गठन गरेको जनाउँदै खनालले भने, ‘हामीसँग प्राप्त तथ्यांक अनसार अहिलेसम्म एक लाख २१ हजार मोही छन्, भदौ मसान्तभित्र सबै मोहीको तथ्याङ्क यकिन गरिसक्छौं, र ती सबैको समस्या हामी एक वर्षभित्रै हल गर्छौं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सुकुम्वासी समस्या पनि संविधान अनुसार समाधान गर्ने पनि उनले जनाए । कृषि भन्नेवित्तिकै भूमि जोडिएकोले कृषिमा यान्त्रिकरणको लागि प्राप्त जमिन नै नभएको उनको गुनासो छ । कृषिमा जमिनको खण्डीकरण रोक्ने बहस चलिरहेको सुनाउँदै मन्त्री खनालले भने, ‘क्याविनेटबाटै यसअघि नै पारित भएको भूमी नीति कार्यान्वयनको तहमा लिएर लैजान्छौं, अहिले हामीसँग ११ प्रकारका जमिन छन्, तिनीहरुलाई अब चार भागमा वर्गीकरण गर्छौं, यसको लागि बलियो संयन्त्र निर्माण गरेका छौं, भूमिको पनि अब चाँडै व्यवस्थापन हुन्छ ।’का दिएको स्पष्ट पारेका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७