ट्राफिक प्रहरीको मास्क खरिदमा घोटाला


१९ असार २०७५, मंगलवार
traffic niyam

काठमाडौं, १९ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले धुलो र धुवाँबाट बच्नका लागि गरेको मास्क खरिदमा पनि घोटाला भएको छ । महाशाखाले १ हजार ६ सय २३ थान मास्क खरिदका लागि गएको जेठ ३ मा टेण्डर गरेको थियो । उक्त टेण्डरमा सबैभन्दा कम अंक कबोल गर्ने मल्टी टे«डिङ प्रालिको खरिद नगरी १६ लाख बढी कबोल गर्ने सायोन इन्टरप्राइजेजबाट खरिद गरिएको छ ।

traffic niyam
ट्राफिक प्रहरीले गरेको एन ९९ स्ट्यान्डर्ड मास्क खरिदमा महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले सार्वजनिक खरिद ऐन र नियम विपरीत कम दरमा आपूर्ति गर्ने कम्पनीलाई नदिई बढी दरमा पेश गरेको टेण्डर स्वीकृत गरी आसयपत्र दिइसकेका छन् । मल्टी टे«डिङले ३१ लाख १७ हजार ७ सय ८३ रुपैयाँ (भ्याटसहित) मा मास्क एन ९९ को १६२३ थान मास्क दिने प्रस्ताव गरेको थियो । सायोनले ४७ लाख ५९ हजार २ सय ४ रुपैयाँ ५ पैसामा दिने गरी टेण्डर हालेको थियो । महाशाखामा आइकन एक्सपोर्ट इम्पोर्ट एण्ड सप्लायर्स त्रिपुरेश्वर र टारगेट इन्टरप्राइजेजले पनि बोलपत्र पेश गरेका थिए ।
मल्टीले प्रतिमास्क १ हजार ९ सय २१ रुपैयाँमा ट्राफिक महाशाखालाई दिने प्रस्ताव टेण्डरमा गरेको थियो । तर महाशाखाले एक थान मास्क बराबर २ हजार ९ सय ३२ रुपैयाँ ३५ पैसाका दरले खरिद गर्न लागेको छ । एउटा मास्क बराबर १ हजार ११ रुपैयाँ बढी मूल्यमा ट्राफिकले खरिद गर्न लागेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख पन्तले मास्क खरिद गर्दा १६ लाख ४१ हजार ४ सय २१ रुपैयाँ घोटाला गरेका छन् । ट्राफिक महाशाखाले सायोनकै बढी दरको मास्क खरिद गर्नेगरी २०७५ असार ७ गते आसयपत्र दिइसकेको छ । सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कम मूल्य पेश गर्ने कम्पनीलाई टेण्डर दिनुपर्ने हुन्छ । मल्टी ट्रेडिङ कम्पनीको मास्क महाशाखाले तोकेको गुणस्तरकै भए पनि घुसको चलखेलमा सायोनबाट खरिद गर्ने गरी आसयपत्र दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७