योगेशको क्षेत्रमा ओली र प्रचण्डले सम्बोधन गर्ने


१५ कार्तिक २०७४, बुधबार
oli Parchanda

ताप्लेजुङ : वाम गठबन्धनले संयुक्त सभा ताप्लेजुङबाट सुरु गर्ने भएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्रंका अध्यक्ष प्रचण्ड सम्बोधनका लागि आउने भएका छन् ।

oli Parchanda
संयुक्त चुनावी सभाको लागि बनाइएको प्रचा सामग्री

कार्तिक १९ गते ताप्लेजुङ सदरमुकामको तोक्मेडाँडा, ताप्लेजुङ बजारमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् । संयुक्त सभालाई भव्य बनाउन व्यापक तयारी थालिएको एमाले नेता रमेश बरालले बताए । ताप्लेजुङबाट प्रतिनिसभा सदस्यको लागि नेकपा (एमाले)का सचिव योगेश भट्टराई उम्मेदवार छन् ।

एमाले अध्यक्ष र अध्यक्ष प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति बनाएर सभाको तयारी गर्न अघि नै निर्देशन जारी गरेका थिए । दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन्। पार्टी एकता संयोजन समितितर्फबाट १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला एक हप्ते अभियान सञ्चालन हुने भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७