टाइब्रेकरबाट कोलम्बियालाई हराउदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा


२० असार २०७५, बुधबार
harry kane

काठमाडौं, २० असार : कोलम्बियामाथि सकसपूर्ण जित निकाल्दै इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलबार राती अबेर सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै रसिया विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

harry kane
निर्धातिरत ९० मिनेट तथा थप ३० मिनेटको अतिरिक्त समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । टाइब्रेकरमा इंग्ल्यान्डका गोलरक्षक पिक फोर्डले बाका र उर्वियनको प्रहार रोक्दै टिमलाई क्वार्टरफाइनलमा लगे ।

कोलम्बियाका गोलरक्षक ओस्पिनले हर्डसनको पेनाल्टी सुटलाई डाइभ गरी बचाएका थिए । इङ्ल्यान्डले पेनाल्टीमार्फत ५७ मिनेटमा अग्रता लिएको थियो । कार्लोस सान्चेजले कर्नर किकमा डिबक्सभित्र कप्तान ह्यारी केनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान केनले नै गोल गरे । केनको विश्वकपमा ६ गोल पुरा भएको छ । उनी जारी विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

England team

बार्सिलोनाका स्टार डिफेन्डर येरी मिनाले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा हेडिङमार्फत गोल गरेपछि खेल नाटकीय रुपमा अघि बढ्यो । पराजयको निकट रहेको कोलम्बियालाई मिनाले उकासेपछि खेल अतिरिक्त समयमा पुग्यो । तर, अत्तिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको थियो । इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७