ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


२० असार २०७५, बुधबार
acc bike

लहान, २० असार । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गए राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । acc bike

पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी स्थानीय अरबिनकुमार यादव गम्भीर घाइते भएका र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनरुपले जनाएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु

यसैगरी, पानी जमेको खाल्डोमा डुबेर सिरहाको विष्णुपुर गाउँपालिका–१, खोरिया टोलमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जिनिस यादवको दुई वर्षीय छोरा आशिषकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, विष्णुपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७