गुफामा फसेका १२ किशोरले खाए १० दिनपछि अन्न (भिडियोसहित)


२० असार २०७५, बुधबार
102369588 1b7bab69 cc4b 454f b839 071716ec0068

काठमाडौं, २० असार । थाई गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।102369588 1b7bab69 cc4b 454f b839 071716ec0068

पानीको भेल पसेको थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको उद्धार गर्ने क्रममा कुनै जोखिम नमोलिने एक अधिकारीले बताएका छन् । उत्तरी थाइल्याण्डको बाढीग्रस्त गुफामा फसेका स्कूले केटाहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक खानेकुरा र औषधि पाएका छन् ।

चियाङ राइको गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्‍याउन एक डाक्टर र एक नर्ससहित सात जना गोताखोरहरू गुफाको भित्री भागमा उनीहरू फसेको ठाउँमा पुगेका थिए । उनीहरू हराएको नवौँ दिनपछि जीवितै फेला परेका थिए ।
उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । अधिकारीहरूले ‘शून्य जोखिम’ को रणनीति बनाइने बताएका छन् ।

चियाङ राइका प्रमुख प्रशासकले नोरोङसाक ओसोथ्थानाकोले संवाददाताहरूलाई भने, ‘हामी ती केटाहरूलाई गुफाबाट निकाल्न हतार गर्दैनौं । जब शून्य जोखिमको अवस्था हुन्छ त्यसपछि उनीहरू एक एक गरेर गुफाबाट बाहिर निस्कन सक्छन् ।’ त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आश्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छ्न् ।

थाइ अधिकारीहरूले उनीहरूलाई मंगलवार चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएको बताए । गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ । फसेका किशोरहरूलाई आफन्तजनसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको बताइएको छ । बीबीसी

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७