विश्वकपको क्वाटरफाइनल समिकरण पुरा, कुन देशले जित्ला उपाधि ?

काठमाडौं, २० असार । रसियामा जारी २१ औं संस्करणको विश्वकपको क्वावाटरफाइनल समिकरण पुरा भएको छ । गएराति रसियाको स्पार्टक रंगशाला भएको प्रि–क्वाटरफाइनल अन्तर्गतको अन्तिम खेलमा इंग्ल्याण्डले विजय भएसँगै क्वार्टर फाइनलको समिकरण पुरा भएको हो ।
गएराति भएको दुई खेलमा स्वीडेन र इंग्ल्याण्ड विजयी भएको थियो । क्वाटर फाइनलमा स्वीडेन स्विजरल्याण्डलाई १–०ले हराउँदै पुगेको हो भने । इंग्ल्याण्ड ट्राइब्रेकरमा कोलम्बियालाई ४–३ गोलले हराउँदै पुगेको हो ।
यसैगरी बेल्जियम, ब्राजिल, आयोजक रुस, क्रोएसिया, फ्रान्स र उरुग्वे पुगेका छन् । उरुग्वेले पोर्चुगललाई २–१ गोल, फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल, ब्राजिलले मेक्सिकोलाई २–० गोल, बेल्जियमले एसियाली टिम जापानलाई ३–२ गोलले हराएको थियो । भने आयोजक रुसले २०१० को विश्वविजेता स्पेनलाई ४–३ र क्रोएसियाले डेनर्माकलाई ३–२ गोलले ट्राईब्रेकर पराजित गरेको थियो ।
समिकरण पुरा भएसँगै शुक्रबार क्वाटरफाइनलको पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुनेछ । त्यही दिनको दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ ।
शनिबारको पहिलो खेल १९६६ को विश्वविजेता इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ । क्वार्टर फाइनलको अन्तिम खेल आयोजक रसिया र क्रोएशियाबीच हुनेछ ।
गोल्डेन बुट दाैडमा ह्यारी केन अगाडी
क्वाटरफाइनल समिकरण पुरा भएसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । सर्वाधिक गोलकर्ताले पाउने यो बुटको प्रतिस्पर्धामा इंग्ल्याण्डका कप्तान ह्यारी केन र बेल्जियमका रोमेलु लुकाकु प्रतिस्पर्धामा छन् । केनले जारी विश्वकपमा ६ गोल गरिसकेका छन् । ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन् । भने बेल्जियमका रोमेलु लुकाकुले ४ गोलले पछ्याइरहेका छन् ।
४ गोल गर्नेमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि छन् । तर उनको टिम पोर्चुगल विश्वकपबाट बाहिरीसकेको छ ।
रुस विश्वकपका उच्च गोलकर्ता
१. ह्यारी केन, इंग्ल्याण्डः ६ गोल
२. क्रिस्टियानो रोनाल्डो, पोर्चुगलः ४ गोल
३. रोमेलु लुकाकु, बेल्जियमः ४ गोल
४. एडिन्सन काभानी, उरुग्वेः ३ गोल
५. डेनिस चेरिसेभ, रुसः ३ गोल
६. डिएगो कोस्टा, स्पेनः ३ गोल
७. आर्टेम डिजुबा, रुसः ३ गोल
८. किलियन एमबाप्पे, फ्रान्सः ३ गोल
९. यारी मिना, कोलम्बियाः ३ गोल