प्रशंसकलाई निरास बनाएका रोनाल्डो १०० मिलियनमा बिकेकै हुन् त ?


२० असार २०७५, बुधबार
ronaldo 1

काठमाडौं, २० असार । रियल म्याड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने खबरले अहिले फुटबल बजारलाई गर्माएको छ ।ronaldo 1

मंगलबार इटाली तथा स्पेनिस स्पोर्ट्स पत्रिकामा सो खबर हेडलाइनकै रुपमा पनि आएपछि विश्वकपबाट बाहिरिए पनि फेरि रोनाल्डाको चर्चा चुलिएको छ । इएसपिएनका अनुसार युभेन्टसले रियलसामु प्रस्ताव पनि राखिसकेको छ । तर, रोनाल्डो आफैले भने आधिकारिक रुपमा सो निर्णय लिइसकेका छैनन् । केही पत्रिकाहरुले भने रोनाल्डोले प्रस्ताव स्विकार गरिसकेको बताए तर सो खबर गलत भएको इएसपिएनले जनाएको छ ।

स्पेनिस पत्रिका मार्साले रियल म्याड्रिड १०० मिलियन युरोमा रोनाल्डोलाई बेच्न तयार भएको छापे पनि केही छिनमा सो खबरलाई सम्पादन गरेको थियो । युभेन्टसलाई टुटोस्पोर्ट्सले ट्विटरमार्फत खबरको सत्यता सोध्दा क्लबले केही भने बोलेको छैन ।
१ सय मिलियनमा रियल म्याड्रिड नमाने १ सय २० मिलियन युरो खर्चिन युभेन्टस तयार रहेको जनाइएको छ । रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको विभिन्न श्रोतहरुले जनाएका छन् ।

रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक कमाउंदै उनी विश्व खेलकुदकै सबैभन्दा बढी कमाउने खेलाडी बन्नेछन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए । च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । जुनमा इएसपिएनले रोनाल्डोले रियल छाडे इङ्ल्याण्ड, स्पेन वा इटालीमा सरुवा हुनु उनी इच्छुक रहेका बताएको थियो । रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसँग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७