फेरी डुब्दा २९ को मृत्यु, ३१ जना बेपत्ता


२० असार २०७५, बुधबार
feri

काठमाडौं, २० असार । इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा २९ जनाको मृत्यु भएको छ भने करीब ३१ जना बेपत्ता भएका छन् ।
उक्त फेरीमा १४० यात्रु रहेका जनाइएको छ ।feri

सुलावेसी टापु नजिकको सामुद्रिक तटमा मंगलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् । उक्त सामुद्रिक किनारा इन्डोनेसियाको जाभा प्रान्तको उत्तरतर्फ पर्छ । जाभा यहाँको धेरै जनसंख्या भएको टापु क्षेत्र हो । यहाँ प्राकृतिक प्रकोपका धेरै घटना हुने गरेका छन् ।

यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार उक्त फेरीमा १४० जना यात्रु रहेका र २९ जनाको शव प्राप्त भएको छ । अरु ३१ जना हराइरहेका छन् । बुधबार बिहानसम्म पनि हराएका यात्रु भेटिएका छैनन् । उनीहरुलाई जिवीतै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुका अनुसार दुई हप्तामात्र अघि पनि सुमात्रा टापु नजिकै भएको यस्तै अर्काे फेरि दुर्घटनामा १६० जना हराएका थिए । उनीहरुमध्ये केहीको मात्र उद्धार भएको थियो । प्रकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले प्रहरीसहित ठूलो संख्याका उद्धारकर्मी परिचालन गरिएको जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७