डा. बाबुराम भट्टराईले भने, ‘नेपाली सेना हटाऔं’, के भन्ला सेनाले ?


२० असार २०७५, बुधबार
baburam

काठमाडौं, २० असार । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नियमित सेना हटाउनु पर्ने नयाँ र अनौठो प्रस्ताव अघि सारेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पूर्णकालीन सेना हटाएर स्वयम्सेवी सैन्य दस्ता बनाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।baburam

सेवाकालीन उप–सचिवहरुलाई तालिम दिन तयार पारिएको नेपालको विकास र समृद्धिको मार्गचित्र नामको प्रस्तृतिमार्फत डा. भट्टराई यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले १८ बर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने एजेण्डा पनि पुनः दोहोर्‍याएका छन् ।

उनको यो प्रस्तावप्रति लामो इतिहास बोकेको नेपाली सेनाले कस्तो प्रतिक्रिया जनाउने हो, त्यो भने हेर्न बाँकी नै छ । तत्कालीन माओवाली शान्ति प्रक्रियामा आए लगत्तै उनीहरुले १८ बर्ष उमेर पुगेका सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने एजेण्डा उठाएका थिए । डा. भट्टराईले चीन र भारतसँग गैरसन्धि गर्नुपर्ने तथा दुबैतर्फका खुल्ला सीमानाहरु व्यवस्थित गर्नुपर्ने पनि बताएका छन् । त्यस बाहेक नेपाललाई संयुक्त राष्ट्र संघको रोहवरमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७