अब ८५ हजारमै चढ्नुस् एभेन्जर क्रुज, नयाँ रङ्गले दिन्छ छुट्टै लुक्स

काठमाडौं, २० असार । बजाजको एभेन्जर क्रुज २२० सिसि मोडलको मोटरसाइकल नयाँ रङमा आएको छ । बजाजले सुनौलो रङमा ल्याइएको गोल्ड एभेन्जर २२० मा खैरो रङको सिट छ ।
यसमा क्रोम फिनिसिङ दिइएको छ । यसको मूल्य ८५ हजार ४ सय ९७ भारतीय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ । क्रुजर सेगमेन्टमा बजाजको नयाँ बाइक एभेन्जर क्रुज २२० ले राम्रो बजार लिएको र हालसम्म ३१ हजार वटा बिक्री भइसकेको बताइएको छ। यो बाइक गत वर्ष अक्टोबरमा ल्याइएको थियो ।