बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर, लेखिन् यस्तो भावुक स्टाटस


२० असार २०७५, बुधबार
sonali bendre 10 14268

काठमाडौं, २० असार । बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई ‘हाइ ग्रेड’ क्यान्सर रोग भएको छ । सामाजिक सञ्जालमार्फत उनले आफूलाई क्यान्सर लागेको जानकारी गराएकी छन् । बेन्द्रेले इन्स्टाग्राम र ट्वीटरमार्फत आफू ‘हाइ ग्रेड’ क्यान्सरबाट ग्रसित भएकाले न्युयोर्कमा उपचार गराइरहेको जानकारी गराएकी छिन् । sonali bendre 10 14268

उनले अहिले आफू जीवन अप्ठ्यारो मोडमा जीवनका लागि संघर्ष गरिरहेको र साथीभाइ तथा शुभचिन्तकको सहयोग र शुभेच्छाले क्यान्सरविरुद्ध लड्ने शक्ति मिलिरहेको जनाएकी छन् । उनले स्टाटसमा भावुक बन्दै लेखेकी छन्, ‘कहिलेकाहीं जीन्दगीले कहाँबाट कहाँ हुत्याई दिंदोरहेछ ।’

उनले पहिले स्पष्ट नदेखिने समस्याबाट आफू गुज्रिरहेको बताउँदै भर्खरै मात्र क्यान्सर भएको पत्तो लागेको बताएकी छन् । सोनाली बेन्द्रेले बलिउडका चर्चित कलाकारहरुसँग काम गरेकी छिन् । हम साथ साथ है, दिलजले, सरफरोस, दिवाना मे तेरा, डुप्लिकेट, जख्म, दहेक, आग लगायतका फिल्ममा अभिनय गरेकी बेन्द्रे पछिल्लो समय टेलिभिजन सो र सिरियलहरुमा व्यस्त थिइन् ।so

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७