नेविसंघले नाघ्यो ओली सरकारको ‘लक्ष्मण रेखा’


२० असार २०७५, बुधबार
36617972 2018632198148231 6197056325390696448 o 1

काठमाडौं, २० असार । नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र तोडेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकारले लगाएको । माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो २ बजे तोडेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो ।

36617972 2018632198148231 6197056325390696448 o 1
विरोध प्रदर्शनमा रोक लगाइएको काठमाडौंको माइतीघर मण्डलामा नेविसंघका कार्यकर्ता निषेध क्षेत्र तोड्दै । तस्विर : सामाजिक सञ्जाल

व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ । संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । सोहि अनुरुप नेविसंघले आज व्यापक प्रदर्शन गरेको छ ।
गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो ।

कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले सम्बोधन गरेका थिए । उनीहरुले गंगामाया अधिकारी, डा. गोविन्द केसीलगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए । सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो । यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७