नेपालकै होची मालती समस्यामा, पर्‍यो यस्तो पीडा


२० असार २०७५, बुधबार
malati

काठमाडौं, २० असार । नेपालकै सबैभन्दा होची दावी गरिएकी मोरङ्ग सुन्दरहरैचाकी मालती मिरर (ऋषिदेव) पितृशोकमा परेकी छन् ।
मालतीको बुबाको डुबेर मृत्यु भएको छ ।malati

सुन्दरहरैचा नगरपालिका–४ की १८ बर्षीया मालतीका बुबा रमेश ऋषिदेबको पानीमा डुबेर मृत्यु भएको हो । हिजो साँझ ६ बजेतिर हरिनारायण चौधरीको खेतमा काम गर्दा गर्दै खेतमा लडेका उनको त्यही मृत्यु भएको परिवारजनले जनाएका छन् ।

लामो समयदेखि मृर्गी रोगबाट पीडित रमेश ऋषिदेब गछिया खोलाको गिट्टी कुटेर जीविका चलाउँदै आएका थिए । उनको मृत्यूसँगै मालतीको लालनपानमा थप समस्या आएको छ । नेपालकै होची युवती दाबी गरिएको १८ बर्षीया मालती मिरर (ऋषिदेव) को उचाई ३२ इञ्च रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७