निषेधित क्षेत्र तोडेर नेविसंघद्धारा माइतीघरमा प्रदर्शन (फोटो फिचर)


२० असार २०७५, बुधबार
Sutdent of Nepali congress
g]lj;+3sf] lj/f]w k|bz{g g]kfn ljBfyL{ ;+3n] a’waf/ sf7df8f}Fsf] dfOtL3/df ;/sf/n] lj/f]w k|bz{gsf nflu 7fpF tf]lsPsf] lj/f]wdf k|bz{g ub}{ . ;/sf/n] lj/f]w k|bz{gsf nflu sf7df8f}Fdf ;ft, nlntk’/df 5 / eQmk’/df Ps 7fpF tf]s]sf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २० असार :  नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र तोडेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकारले लगाएको । माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो २ बजे तोडेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्र तोडेको हो ।

व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ । संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । सोहि अनुरुप नेविसंघले आज व्यापक प्रदर्शन गरेको छ ।
गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो ।

कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले सम्बोधन गरेका थिए । उनीहरुले गंगामाया अधिकारी,डा.गोविन्द केसीलगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनिहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए । सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो ।

यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।

फोटो फिचर :-

Nepal student Union

Sutdent of Nepali congress

congress Student

sutdent Nepal

तस्बिर :- रासस

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७