प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्न सभामुख महराको माग


२० असार २०७५, बुधबार
0 Shares
krishna bahadur mohora

काठमाडौं, २० असार । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताएका छन् । पहिलो राष्ट्रिक प्राकृतिक चिकित्सा दिवस २०७५ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गरी सेवा प्रवाह गर्नुपर्ने बताएका हुन् ।krishna bahadur mohora

उनले यसको विकास गर्न प्राकृतिक चिकित्सा विधेयक पनि ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘मानिसको शरीर प्राकृतिकै देन भएकाले त्यसको उपचार पनि प्राकृतिक रुपमा हुनुपर्छ, पछिल्लो समय पश्चिमा चिकित्सा पद्धतिले बाँधे पनि हामी पुरानै उपचार पद्धतिमा फर्कन थालेका छाैं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद, योग र प्राकृतिक चिकित्सालाई एकीकृतरुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा प्राचीन उपचार पद्धतिले खानपान, रहनसहन, दैनिक योगाभ्यासलगायतका सबै कुरा सिकाउने भएकाले पछिल्लो समय बढिरहेको नसर्ने रोग रोकथाममा पनि यो उपयोगी छ’, उनले भने ।

आफ्ना मौलिक चिकित्सा पद्धतिलाई वैकल्पिक भनी पश्चिमा उपचार पद्धति अपनाउनुभन्दा आफ्नै चिकित्सा पद्धतिका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले नयाँ संरचनामा संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा एक दरबन्दी प्राकृतिक चिकित्सालाई दिनुपर्ने माग अघि सारेको बताए ।

jagdamba.cement
rbbbb

योग गुरु डा. हरिप्रसाद पोखरेल, राष्ट्रिय आयुर्वेद संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. कृष्णकुमार अर्यालले प्राकृतिक चिकित्सालगायत अन्य पूरक चिकित्सा पद्धतिको समष्टिगत विकासका लागि राष्ट्रिय पूरक चिकित्सा नीति आवश्यक भएको बताए । सरकारले प्राकृतिक चिकित्साको विकास गर्ने उद्देश्य असार २० गतेलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७