डा.केसीलाई गृहमन्त्रीको प्रश्न,‘सडकमा समधान खोज्ने, यो कुन लोकतान्त्रिक तरिका हो ?’

‘अनशनरत डा केसी र अधिकारीको माग विधिसम्मत सम्बोधन हुन्छ’


२० असार २०७५, बुधबार
0 Shares
badal2

काठमाडौँ, २० असार:  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै समस्या र मुद्दाहरुको हल लोकतान्त्रिक विधिसम्मत हुने बताएका छन् । सबै मुद्दाहरुको हल सडकमा अनसन बसेर गर्न खोज्नु अधिनायकवादी भएको उनको भनाई छ ।

badal2
फाइल तस्बिर

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर केही सांसदले सरकारको ध्यानाकर्षण गराएपछि जवाफ दिँदै गृहमन्त्री थापाले  भने, ‘अब विधेयक आउँदैछ, कस्तो स्वास्थ्य नीति भन्ने सदनले फैसला गर्ने हो । सडकमा कुनै विषयको समाधान हुन सक्दैन । यो लोकतान्त्रिक होइन, अधिनायकवादी तरिका हो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचित सरकार र सदन गठन भएको बेला सबै मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गरिने सडकमा अनसन नहुने उनको प्रष्ट भनाई । गृहमन्त्री थापाले भने, ‘तपाईको आवाजको सम्मान गर्छौं, लोकतान्त्रिक तबरले समस्याको समाधान गरौँ, कानूनभन्दा माथि केही हुँदैन, डा केसीलाई पनि लोकतान्त्रिक मान्यतालाई ख्याल गर्न अपिल गर्दछु ।’

गृहमन्त्री थापाले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताए ।

jagdamba.cement
rbbbb

डा गोविन्द केसीको अधिकारलाई दमन तथा कुन्ठित नगरेको भन्दै गृहमन्त्री थापाले नैसर्गिक अधिकारको सम्मान गरेको स्पष्ट पारे । लोकतन्त्रका नाममा जहाँसुकै अनशन गर्ने र विरोध गर्ने अधिकार नहुने बताए । उनले भने, ‘अब निर्वा्चित सरकार आएको छ, सदन गठन भएको छ भने ती मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ । कि तपाईले सडकमा अनसन बसेर हल गर्ने ? जनतिनिधिहरुले हल गर्ने हो कि सडकमा अनसन बसेर हल गर्ने ? कुन लोकतान्त्रिक तरिका हो ?

जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै उनले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिए । गृहमन्त्री थापाले डा. केसीको शैली अधिनायकवादी भएको बताए । भने, अब विधेयक आउँदैछ, कस्तो स्वास्थ्य नीति भन्ने सदनले फैसला गर्ने हो । सडकमा कुनै विषयको समाधान हुन सक्दैन । यो लोकतान्त्रिक होइन, अधिनायकवादी तरिका हो ।’

जनयुद्धका विषयका मुद्दाका विषय सहमतिका गरेर अगाडि बढिसकेको भन्दै गृहमन्त्री थापाले गंगामाया अधिकारीका विषयलाई अतिरञ्जीत तबरले उठाएर राजनीतिक अस्थिरता पैदा गर्ने खेल त भइराखेको आंशका प्रकट गरे ।  गृहमन्त्री थापाले एक जना गंगामाया मात्र होइन हजारौँ गंगामायाजस्ता व्यक्तिको समस्यालाई विशेष ध्यान दिनुपर्ने भन्दै राज्यले समस्याको समाधान गर्ने बताए ।

निर्माण व्यवसायी तथा वैदेशिक रोजगारीमा देखिएको ठगीलाई सरकारले छुट नदिने भन्दै सरकारले उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।  गृहमन्त्री थापाले प्राकृतिक विपद्मा क्षति भएकाका लागि क्षतिपूर्ति एवं राहत तत्काल उपलब्ध गराउने निर्णयसहित कार्यान्वयनमा लगिएको भन्दै हालैको बाढी पहिरोबाट १८ जिल्लामा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको, आठ जना घाइते र दुई जना बेपत्ता भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७