दुई एसपी फिर्ता हुँदै ?


२० असार २०७५, बुधबार
sushil rathaur

काठमाडौं, २० असार । चितवनका एसपी सुशील राठौर फिर्ता हुनेभएका छन् । सरुवा भएको २ महिना नपुग्दै उनी आफैं फिर्ता हुन चाहेको स्रोतले बताएको छ । उनी अस्वस्थ भएका कारण फिर्ता हुन चाहेको स्रोतले बताएको छ ।
कास्कीका एसपी ओम राना पनि विवादमा आएका कारण उनलाई पनि तान्ने पक्षमा आइजीपी खनाल छन् ।

sushil rathaur
सुशील राठौर र ओम राना

प्रहरीकै छविमा आघात पुग्नेगरी एसपी रानाको गुण्डाहरुसँगको हिमचिमबारे आइजीपी खनालसम्मै सूचना आइपुगेको छ । रानाको गुण्डानाइके ललित गुरुङ र धनबहादुर छन्त्यालहरुसँगको सम्बन्धका कारण पनि उनी विवादमा आएका छन् । घरजग्गा कारोबारीहरुसँग तर्साएर असुली गर्ने गुण्डानाइकेहरुसँग एसपी रानाको उठबसका कारण पनि उनी विवादमा परेका छन् । उनी कास्कीमा हाजि हुन जाने क्रममा विमानस्थलदेखि नै गुण्डाहरुले स्कर्टिङ गरेपछि विवादमा आएका हुन् ।

एसपी राना पोखराका गुण्डानाइके ललित गुरुङको गाडीमा विना बडीगार्ड नै हिंड्ने गरेको खुलेको छ । २०७५ जेठ २७ मा ललित गुरुङको ८३८६ नम्बरको हाइलक्स गाडीमा एसपी राना सवार भएर लेकसाइडस्थित महेन्द्र भोटेको ओजन डिस्कोमा पुगेका थिए ।

मदिराले मस्त भएर एसपी रानासहितको टोली ललित गुरुङको गाडीबाट ओर्लेर ओजन डिस्कोमा पुगेका थिए । गुण्डानाइकेको गुरुङको गाडीमा मातिएका एसपीलाई देखेपछि पोखराका ब्यवसायी नै आतंकित भएका थिए । गुण्डानाइकेको गुरुङको गाडी प्रदीप क्षेत्रीले हाँकेका थिए ।

मदिरामा झुम भएको एसपीको टोलीले डिस्कोमा विवाद समेत गरेका थिए । कास्कीका एसपी अशोक सिंहलाई एक बर्ष पनि नपुगी सरुवा गरी रानालाई लगिएको थियो । गृहमन्त्री रामबहादुर थापाका आसेपासेहरुले आर्थिक अनियमिततामा बदनाम रानालाई कास्की जस्तो महत्वपूर्ण जिल्लामा सरुवा गराएका थिए । राना रसुवामा डीएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएर कारबाहीमा परेका हुन् ।

चितवनका एसपी फिर्ता हुन चाहेका हुन् र भन्ने प्रश्नमा प्रहरी प्रवक्ता शैलेश थापाले भने–‘चितवनका एसपी फिर्ता हुने होइन, बरु रौतहटका एसपी बिरामी हुनुभएको हो । चितवनको होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७