नारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टा पछि सञ्चालनमा


२० असार २०७५, बुधबार
narayangadh muglin road

चितवन, २० असार । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो १६ः३५ बजेबाट सडक सञ्चालनमा आएको छ । narayangadh muglin road

बिहान ५ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दुईतर्फी सवारी आवागमन हुने गरी सडक खुलाइएको हो । सो सडकखण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो ।

दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको हो । मुग्लिनबाट ३.१२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला ३.३ किलोमिटर दूरीमा रहेको छ । पहिरोले पूरै सडक ढाकेको थियो । ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको हो । पहिरो पन्छाएसँगै बिहानदेखि नै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७