महेश वस्नेतको माग, ‘सेनाभित्रको भ्रष्टचार, नातावाद र कृपावादको छानविन होस्’


२० असार २०७५, बुधबार
mahesh basnet

काठमाडौँ, २० असार :  नेपाल कम्युनिष्ट पार्टीका नेता एंव संसद महेश बस्नेतले सेनाभित्र व्यापक भ्रष्टचार, नातावाद र कृपावाद भएको भन्दै छानविन गर्न माग गरेका छन् । प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा पनि व्यापक अनियमितता, नातावाद र कृपावाद भएको उनको आरोप छ ।

mahesh basnet

बुधबार संसदमा विशेष समय लिएर बोल्दै संसद बस्नेतले भने, ‘हालै भएको प्रमुख सेनानीबाट महासेनानीको बढुवा क्रममा ८ वटा ब्याजहरुलाई एकै ठाउँ राखेर गरियो, त्यो कनिष्ठ र आफ्नो मान्छेहरुलाई बढुवा गरियो । भबिष्य भएकाहरुको टाउकोबाट तातो पानी खनाउने काम भएको छ ।’ वस्नेतले नेपाली सेना महिलामैत्री नभएको तथा फास्टट्रयाकदेखि सेनापति निवास निर्माणमासमेत भ्रष्टाचार भएको आरोप लगाए । उनले रक्षा मन्त्रालयले समिति बनाएर छानविन गर्न माग गरे ।

वस्नेतले सुवेदारहरुको ५५ वर्षे सेवा अवधि घटाएर ५२ कायम गरिएको , महिलाहरुलाई विभेद गरिएको, सकल दर्जाको रासन गुणस्तरहीन भएको गुनासो आएको जानकारी समेत गराए । ती सबैको छानविन गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७