डा मोहन हिमांशु थापा गोपालप्रसाद रिमाल नाटक र कविता पुरस्कार

काठमाडौँ, २० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस वर्षको गोपालप्रसाद रिमाल नाटक पुरस्कार प्रा डा मोहन हिमांशु थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्री रवीन्द्रप्रसाद अधिकारीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरी गोपालप्रसाद रिमाल काव्य पुरस्कार जोरपाटी काठमाडौँका नरेश शाक्यलाई प्रदान गर्ने निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। दुवै पुरस्कारको राशि रु एक लाख छ ।
थापाले नेपाली गद्य आख्यान र शाक्यले कविता क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । असार ८ गते गठन भएको पुरस्कार सिफारिश समितिले उहाँहरुको नाम छनोट गरेको हो ।
रासस