क्लवका अध्यक्षले दिए राजीनामा


२० असार २०७५, बुधबार
pulchok sports club

ललितपुर, २० असार । पुल्चोक स्पोर्टर्स क्लबका उपाध्यक्ष सुदिल शाहीले राजीनामा दिएका छन् । क्लबका पदाधिकारीहरुको गतिविधिका कारण आफूले राजीनामा दिएको उनले बताएका छन् छ । करिब एक दशकदेखि क्लबको हितमा अघि बढ्दै आएका शाहीले असन्तुष्टी जनाउँदै राजीनामा दिएका छन् ।

pulchok sports club
क्लब संचालन र पदाधिकारीहरुको गतिविधिले सँगसँगै अगाडि बढ्न सक्ने वातावरण नदेखिएकोले क्लबको उपाध्यक्ष पदबाट राजीनामा दिएको राजीनामापत्रमा शाहीले उल्लेख गरेका छन् । लामो समयदेखि आजको दिनसम्म विभिन्न पदमा रही सेवा गर्ने मौका दिएकोमा शाहीले क्लब परिवारलाई धन्यवाद दिएका छन् । लामो समयसम्म पुल्चोक क्षेत्रको सामाजिक कार्यमा लाग्दै आएका शाहीले सो क्लबलाई यो स्थानसम्म ल्याउन महत्वपुर्ण योगदान गर्दै गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७