पुनर्निर्माण प्राधिकरणमा ९० अर्वको घोटाला


२१ असार २०७५, बिहीबार
NRAi

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य भइसकेको भनेर केही दिन अगाडि संसदमा सम्बोधन गरेको अवाज मत्थर हुन नपाउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ज्ञानेश्वर काठमाडौंले करोडौं रुपियाँ कमिशन खाने गरेर योजना बनाएको छ । इकाईका आयोजना निर्देशक इमानारायण श्रेष्ठ, उपमहाननिर्देशक दिलीप शेखर श्रेष्ठ र सिनियर इञ्जिनियर उद्धव नेपाल (तीन भाई) मिलेर झण्डै ९० अर्वको विद्यालय बनाउने टेण्डर आफू निकटका दुई निर्माण व्यवसायीलाई दिने योजना बनाएको खुलासा भएको हो ।

NRAi
यी तीन भाइले रमेश शर्माको शर्मा एण्ड कम्पनी र मोहन आचार्यको रसुवा कन्ट्रक्सनलाई काठमाडौंको काभ्रेस्थलीदेखि सिन्धुपाल्चोकको जुगल हिमालसम्मका ६७ वटा विद्यालय निर्माण गर्न दिने योजनासहित टेण्डर निकालेका छन् ।

रसुवा कन्ट्रक्सनका मालिक आचार्य नेपाली कांग्रेसका सांसद हुन् भने शर्मा एण्ड कम्पनीका मालिक रमेश शर्मा पनि कांग्रेस निकटका मानिन्छन् । स्रोतका अनुसार ठेकेदारद्धय आचार्य र शर्मासँग इकाईका सिनियर ईञ्जिनियर उद्धव नेपालले सेटिङ मिलाएका हुन् । उद्धवले प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालका साथै प्रधानमन्त्री केपी ओलीको सचिवालयसम्म सेटिङ मिलाएको स्रोतको भनाइ छ । उद्धव नेपाल आफूलाई एमाले नेता अरुण नेपालको भाइ भन्ने गर्दछन् । तर काम सबै कांग्रेसको इशारामा गर्दैआएको सेटिङमा गर्दैआएका छन् ।
सिनियर ईञ्जिनियर नेपालले प्रधानमन्त्री ओलीको नाम समेत बदनाम गर्दै कमिसन दिनुपर्छ भनेर ठेकेदारद्धय आचार्य र शर्मासँग कुरा मिलाएको स्रोतको दाबी छ । सिनियर ईञ्जिनियर उद्धव नेपालले प्रधानमन्त्री ओलीलाई अनावश्क रुपमा विवादमा तानेको भन्दै इकाईका कर्मचारीहरु समेत रुष्ट बनेका छन् ।
इकाईले निकालेको नोटिसमा शर्मा र आचार्यको कन्ट्रक्सनलाई मात्र मापदण्ड पुग्ने प्रावधान राखिएको छ । शर्मा र आचार्यले मात्रै टेण्डर हाल्न पाउने भएपछि नेपाल निर्माण व्यवसायी महासंघले समेत आपत्ति जनाएको छ । महासंघले इकाईलाई पत्र पठाएर मापदण्ड खुकुलो बनाउन माग गरेको थियो । तर, इकाईका निर्देशक इमानारायण श्रेष्ठले विभिन्न बहाना बनाएर महासंघलाई पेल्ने गरेर पत्र पठाएका थिए । त्यसपछि महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठको नेतृत्वमा बुधबार प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाललाई ज्ञापनपत्र बुझाई सो प्रावधानहरु सच्चाउन आग्रह गरिएको छ ।
त्यस क्षेत्रका भूकम्पबाट भत्किएका ६७ वटा विद्यालय बनाउन यी दुई कम्पनीले मात्रै अधिकार पाउने हो भने उनीहरुले समयमा काम पूरा गर्न नसक्ने महासंघले जनाएको छ । स्रोतका अनुसार ठेकेदारद्धय आचार्य र शर्माले ६७ वटा विद्यालय बनाउने ९० अर्वको ठेक्का लिएर सहायक ठेकेदारहरुलाई बिक्री गर्ने योजना बनाएका छन्, युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा ६७ वटा विद्यालय पुनर्निर्माण हुन थालेको हो । इकाईका निर्देशक इमानारायण श्रेष्ठले एडीबीलाई देखाउँदै अन्य कन्ट्रक्सन कम्पनीहरुलाई हुने गरेर मापदण्ड बनाउन नसकिने गरेर महासंघलाई पत्र नै काटेका छन् ।
९० अर्वको यो टेण्डरमा छ करोड रकम ‘साइनिङ एमाउन्ट’ मार्फत तत्कालै आउँछ । स्रोतका अनुसार ठेकेदारद्धय आचार्य र शर्माले टेण्डर पाउनेवित्तिकै निर्देशक इमानारायण श्रेष्ठ, उपमहानिर्देशक दिलीप शेखर श्रेष्ठ र सिनियर ईञ्जिनियर उद्धव नेपालले १८ करोड कमिशन पाउनेछन् । त्यसपछि चरण चरणमा १५ देखि २० प्रतिशतका दरले कमिशन आउने स्रोतको भनाइ छ ।
निर्देशक इमानारायण श्रेष्ठ, उपमहाननिर्देशक दिलीप शेखर श्रेष्ठ र सिनियर ईञ्जिनियर उद्धव नेपालले धेरै निर्माण व्यवसायीलाई टेण्डर दिँदा कमिनशन उठाउन समस्या नहोस् भनेर दुईवटा निर्माण व्यवसायीलाई मात्रै टेण्डर दिने योजना बनाएका हुन् । निर्माण व्यवसायी महासंघले यति ठूलो टेण्डरलाई मापदण्ड पुग्ने ठूला निर्माण व्यवसायीहरुलाई पनि बाटो खोल्नुपर्ने माग गरेको छ ।
स्रोतका अनुसार महासंघले पारदर्शिताका लागि आफूले दिएको निवेदनमाथि सुनुवाई नभए अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा उजुरी हाल्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७