अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली

काठमाडाैं, २१ असार । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली शुरु हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।
गुगल तस्बिर ।
न्यूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्टटाइम काम गर्ने श्रमिकलाई कानूनी दायरामा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
सरकारले पहिलोपटक कम्पनी, प्रतिष्ठान, चियाबगान, कृषि श्रमिक र घरेलु श्रमिक को तलब छुट्टाछुट्टै तोक्दै छ ।