छाउगोठमै १५ वर्षीया किशोरी बलात्कृत


२१ असार २०७५, बिहीबार
0 Shares
chhaugoth

सुर्खेत, २१ असार ।  महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। अाजकाे नागरिक दैनिकमा समाचार छ ।chhaugoth

छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘प्रारम्भिक अनुसन्धानका क्रममा सँगै सुतिरहेका मध्ये एउटा किशोरीलाई भगाएर अर्कीलाई छाउगोठभित्रै सामूहिक बलात्कार गरेको पाइएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘बलात्कारमा संलग्न तीनैजनालाई मंगलबार पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान जारी छ ।’ बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन्।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७