इमाडोलमा खानेपानी बृहत् योजना शुरु


२१ असार २०७५, बिहीबार
watertap

ललितपुर, २१ असार । महालक्ष्मी नगरपालिकामा झण्डै चार वटा वडालाई लक्षित गरेर खानेपानी बृहत् योजना शुरु भएको छ । गोदावरी खोलाको पानी ठूलो ट्याङ्की बनाएर संकलन गर्ने र त्यहींबाट घर–घरमा वितरण गर्ने योजना रहेको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष छिरिङ शेर्पाले बताए । झण्डै पाँच महिनामा काम सक्ने गरेर काम अघि बढेको हो । उनी भन्छन्,‘समयमा नै सक्ने गरेर काम अघि बढिरहेको छ ।’watertapमहालक्ष्मी नगरपालिका र वडा नं १ को सहयोगमा काम अघि बढिरहेको हो । वडा नं १ को पूरै क्षेत्र वडा नं २, ३ र ४ को आंशिक क्षेत्रका बासिन्दा यस योजनाबाट लाभान्वित हुनेछन् । ट्याङकीको क्षमता तीन लाख २५ हजार लिटर रहेकोे छ । पहिलो चरणमा पानीको संकलन र दोस्रोमा वितरण हुने अध्यक्ष शेर्पाले बताऐ ।

नगर आसपासका क्षेत्रसम्म फैलँदै साझा यातायात

साझा यातायातले अहिले ललितपुर नगर आसपासका क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ । यसअघि बुंगमति–रत्नपार्क चल्ने गरेकामा केही दिनदेखि गोदावरी र लामाटारबाट समेत सेवा दिन थालेको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।
काठमाडौँको पनि थानकोट, बूढानीलकण्ठलगायतका स्थान र भक्तपुरको सूर्यविनायकसम्म साझाका बस सञ्चालनमा छन् ।

धेरै स्थानमा सिटी बसको माग गरिरहेका छन् । उनी भन्छन्, ‘बढी माग भएका स्थानमा स्थानीय निकायसँगका समन्वय गरेर हामीले सेवा विस्तार गरेका छौँ ।’ शहरी क्षेत्रमा साझाको बढ्दो मागका कारण थप २० वटा सिटी बस भित्र्याउने तयारी रहेको छ । ठेक्का सम्झौता भइसकेका यी बस केही समयपछि काठमाडौँ उपत्यका भित्रने छन् । त्यसभन्दा पहिले चार वटा डिलक्स बस आइपुग्ने साझाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७