अमेरिकामा लुटेराको आक्रमणबाट नेपालीको मृत्यु

भर्जिनिया, २१ असार । अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन शहरमा लुटेराको आक्रमणबाट धादिङ घर भएका रेशम बजगाईंको ज्यान गएको हो ।
अमेरिकाको स्वतन्त्रता दिवसको बिहान १ बजेर १५ मिनटमा लुटेराबाट उनी आक्रमण परेको समाचारमा जनाइएको छ । प्रहरीका अनुसार लुटेराले बजगाईको टाएकोमा आक्रमण गरेका थिए ।
धादिङ निवासी ४० वर्षीय बजगाई गएको असोजमा श्रीमती र एक वर्षीय छोरी छाडेर अमेरिका गई सुनोको ग्यास स्टेशनमा कार्यरत थिए । हरन्डनस्थित सपिङ मलमा घटना हुनासाथ नजिकैको पार्किङ लटबाट एक १९ वर्षीय संदिग्द बन्दुकधारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।