नौ हजार फलफूलका बिरुवा निःशुल्क


२१ असार २०७५, बिहीबार
fruit plants 1705464

दाङ, २१ असार  ।  तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।fruit plants 1705464

ढुवानी अनुदान मात्र लिएर किसानलाई बिरुवा निःशुल्क वितरण गरेको हो । बीस हेक्टर जमीनमा कागती, आँप, अनार, लिची र कटहरका बिरुवा उत्पादन गरेर वितरण गरिएको शाखा प्रमुख तिलकबहादुर केसीले जानकारी दिए ।

कार्यालयले एक हजार ३०० बिरुवा आँप, अमरापाली जातका आँप तीन हजार ५००, अनार एक हजार १००, कागती चार हजार ५००, लिची एक हजार ८००, कटहर एक हजार र अम्बाका ४०० बिरुवा वितरण गरेको हो ।

यस्तै, चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कार्यालयले किसानलाई चार हजार केराका बिरुवा वितरण गरेको छ । रु ५० मूल्य पर्ने प्रतिबोट केरा रु २० मा वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयले २५ बोटभन्दा बढी केराका बिरुवा लगाउनेलाई निःशुल्क बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

एक सय हेक्टर जमीनमा फलफूल खेतीका लागि तुलसीपुर उपमहानगरपालिको फलफूल खेती कार्यक्रमअन्तर्गत २३ हजार २०० केराका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको शाखाका प्रमुख केसीले बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७