११ वर्षे बालिकाले २० वर्षे युवकलाई बिहे गरी भगाएपछि…


२१ असार २०७५, बिहीबार

गुल्मी, २१ असार । नेपालका विभिन्न जिल्लामा अहिले पनि बाल विवाह कायमै छ । तर, पछिल्लो समय बालबालिकाहरु नै बाल विवाहका विरुद्ध संगठित हुन थालेका छन् । तर, बाल विवाहविरुद्ध अभियानलाई नै चुनौती दिने गरी गुल्मीकी एक ११ वर्षीया बालिकाले आफै विवाह गरेर अचम्ममा पारेकी छन् । bihe

गुल्मीको मुसिकोट नगरपालिका–९ स्थित अर्लाङ्गकोटकी एक दलित बस्तीकी ११ बर्षे बालिका अनुजा विकले आफैले २० बर्षे युवा दलबहादुर विकलाई विवाहका लागि राजी गराएर आफैै विवाह गरेकी छन् । बालिकाका अभिभावक तीर्थ विकले विवाहका बारेमा भने, ‘उ मेरो छोरी होइन । वितेको मेरो भाइकी छोरी हो, मैले पालेको थिएँ । तर, २० वर्षको केटासँग ११ वर्षकी त्यो छोरी विहे गरेर हिंडी ।’
नावालिका छोरीले विहे गरेर हिंडेकोमा उनले चिन्ता व्यक्त गरे ।

यहि असार १७ गते छिमेकी जिल्ला वाग्लुङ्गको गल्कोट नगरपालिका–८ थालेपोखराका १८ वर्षका दलबहादुर बिकसँग उनले विहे गरेकी हुन् । उनले भने, ‘ललाई फकाई ११ वर्ष टेकेकी ति बालिकालाई बिहे गरेर लगेको पुष्टि भई सकेको छ ।’ सोही गाउँकै १४ वर्षमा विहे गर्ने अर्की एक बालिका भने विहेको सात दिन नपुग्दै सम्वन्ध विच्छेद गरेर माईतीमा अलपत्र परेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७