ओली सरकारले आफ्ना मान्छे हटाएपछि कांग्रेस आगाे, ३ बजे पत्रकार सम्मेलन गर्ने


२१ असार २०७५, बिहीबार
Nepali Congress Party Office

काठमाडौं, २१ असार । ओली सरकारले शेरबहादुर देउवा सरकारका पालामा नियुक्त भएका विभिन्न क्षेत्रका पदाधिकारीहरुलाई धमाधम निकाल्न थालेपछि नेपाली कांग्रेस सरकारप्रति थप रुष्ट र आक्रमक बनेको छ ।Nepali Congress Party Office

देउवा सरकारका पालामा भएका निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले बदर गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसविरूद्ध सदन र सडकमा विरोध गर्ने तयारी थालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भदौ १४ पछि देउवा सरकारले गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको आरोप लगाएका छन् । उनले बदनियतपूर्ण तवरले राजनीतिक पूर्वाग्रहको आधारमा गरेका निर्णयविरुद्ध जनता माझ जाने जानकारी दिए ।

कांग्रेसले देउवा सरकारले गरेका निर्णय बदर गर्नुका कारण पनि सरकारसँग माग्ने भएको छ । ’कसलाई पदमुक्त गर्ने–नगर्ने मुख्य होइन, प्रश्न कानूनी बाटोको हुन्छ’ शर्माले भने, ‘राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले निर्णय गर्दै गएको छ । निर्णयविरुद्ध सडक, संसद, सामाजिक सञ्लालमा विरोध गर्छौ ।’

विरोधका कार्यक्रमबारे आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने शर्माले बताएका छन् । देउवा सरकारका पालामा ल्याएको चिकित्सा शिक्षा अध्यादेशका पक्षमा पनि कांग्रेस उभिने भएको छ । सरकारले ’मेडिकल माफिया’लाई फाइदा पुग्ने खालको चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक पुनः संसदमा ल्याउने तयारी गरेको उल्लेख गर्दै प्रवक्ता शर्माले त्यसको विरोध गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७