महानगरको गाडी मर्स्याङदी नदीमा खस्यो


२१ असार २०७५, बिहीबार
accident

चितवन, २१ असार । चितवनको भरतपुर महानगरपालिकाको गाडी मस्र्याङदी नदीमा खसेको छ । गाडी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस छेउबाट मस्र्याङ्दी नदी किनारमा खसेको स्थानीयले जानकारी दिएका छन् ।accident

असार १७ गते आइतवार राति साँढे १ बजे दमौंली पुगेर नारायणगढतर्फ आउँदै गरेको ना १ झ १६०७ नम्वरको गाडी सडकबाट झण्डैं एक सय मिटर तल मस्र्याङ्दी किनारमा खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काले जानकारी दिएका छन् । गाडी भरतपुर महानगरपालिका वडा नः ११ बस्ने गणेश आचार्यले चलाएका थिए ।

दुर्घटनामा कोही पनि घाइते नभएको प्रहरी निरीक्षक रोक्काले बताए । ‘दुर्घटना भएको गाडीमा धेरै क्षति पुगेको छ । दुर्घटनामा परेको गाडी आँबखैरेनी प्रहरीकोमा छ भने, चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । घटना १७ गते भएपनि चालक आचार्यलाई महानगरले १९ गते मात्रैं चितवन प्रहरीको जिम्मा लगाएको थियो ।

महानगरपालिकाका सवारी चालक गणेश आचार्यले जानकारी नगराई राति साँढे ९ बजे महानगरपालिकाबाट गाडी निकालेको जनाइएको छ । चालक आचार्यले वसपार्कमा भिनाजुलाई लिन जान्छु भनी तनहुँ पुगेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रमुख प्रशासकीय अधिकृत सुवेदी बताए । गाडीमा चालकसहित पाँच जना व्यक्ति भएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७