आइपीएलमा उधुम मच्चाएका सन्दिप क्यानडामा कमाल गर्दै


२१ असार २०७५, बिहीबार
sandeep

काठमाडौं, २१ असार । केही महिना अघिको इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरेर उधुम मच्चाएका नेपाली क्रिकेटर सन्दिप लामिछाने अहिले क्यानडाको क्रिकेट लिग ‘ग्लोबल टी–ट्वीन्टी क्यानडा’ मा पनि कमाल देखाइरहेका छन् । सन्दिपले क्यानडामा पनि आफ्नो लेग स्पीनको जादू प्रदर्शन गरेका छन् ।

IMG 2432 01
फाइल फोटो

६ टिमले प्रतिष्पर्धा गरिरहेको उक्त प्रतियोगितामा विश्वका थुप्रै स्टार क्रिकेटर छन् । सन्दिप लामिछाने श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्ट्रेल टाइगर्सबाट खेल्दै छन् । उनको टिममा वेस्ट इन्डिजका सुनिल नारिन, ड्वेन स्मीथ, जिम्बाबेका सिकन्दर राजा जस्ता स्टार क्रिकेटर छन् । यस लिगमा उनको टिमले चार खेल खेलिसकेको छ । २९ जुनमा वेस्ट इन्डिजका ड्वेन ब्राबोको कप्तानीमा रहेको विपिङ हक्सविरुद्ध खेल्दा सन्दिप टोलीमा समावेश थिएनन् ।

३० जुनमा ‘वेस्टइन्डिज बी’ टिमविरुद्ध उनको टोली खेल्दा सन्दिपले खेल्ने मौका पाएका थिए । त्यस खेलमा उनले एक विकेट लिए । तर, ४ ओभर बलिङ गर्दा ५७ रन दिएर खराब प्रदर्शन गरे । एक बल व्याटिङ गर्न पाएका सन्दिपले एक रन बनाउँदै नटआउट भए ।
त्यसपछिका दुई खेलमा भने सन्दिपले उकृष्ट प्रदर्शन गरेका छन् । २ जुलाईमा सन्दिप समावेश टोली मोन्ट्रेल टाइगर्सले क्रिस गेलको कप्तानीमा रहेको भ्यानकुभर नाइट्सविरुद्ध खेल्यो । आगामी अगस्टमा हुने वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने क्याराविन प्रिमियर लिग (सीपीएलमा) मा पनि सन्दिप खेल्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७