१२४ संघ संस्थाले गरे मलेसियामा अवैधानिक कामदारमाथिको धरपकडको विरोध


२१ असार २०७५, बिहीबार
0 Shares
20180704 103033

काठमाडौं, २१ असार । विश्वका विभिन्न मुलुकमा रहेका आप्रवासी कामदारका हकहित र मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था एवं सरोकारवालाहरुले अवैधानिक कामदारमाथि भइरहेको धरपकड रोक्न मलेसिया सरकारको ध्यानाकर्षण गराएका छन् ।20180704 103033

गैरकानुनी आप्रवासी कामदार अवैधानिक हुनुमा अनेक बाध्यता रहेको भन्दै विभिन्न १२४ संघसंस्था एवं सरोकारवालाहरुले धरपकड समस्या समाधानको सही उपाय नभएको ताएका छन् । उनीहरुले बुधबार ऐक्यबद्धता पत्र सार्वजनिक गर्दै धरपकड रोक्न र उचित नीतिगत सुधार गर्दै आप्रवासी समस्याको समाधान एवं सही व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अवैधानिक आप्रवासी कामदारहरुको मानवअधिकार ख्याल गर्दै सम्मान गर्न सरकारको ध्यानाकर्षण पनि गरेका छन् । ती संस्थामध्येको एक नर्थ साउथ इनिसियटिभका प्रमुख एड्रिन पेरिराले भने, ‘मेरो विचारमा अहिले जारी धरपकडले सही नतिजा दिन्छ जस्तो लाग्दैन किनकि धरपकडकै कारण कतिपय नराम्रा प्रकृतिका मानव अधिकार उल्लंघनका घटना हुने र त्यसले कामदारहरूको अवस्था झन् जटिल हुनसक्छ ।’ उनले कान्तिपुरसित भने ‘त्यसैले हामीलाई सरकारलाई धरपकड रोक्न आग्रह गर्न चाहन्छौं ।’

मलेसियाले अवैधानिक आप्रवासी कामदारको खोजी गर्न गत आइतबारदेखि धरपकड थालेयता एक हजार २२४ जना पक्राउ परेका मलेसियाली अध्यागमन विभागले जनाएको छ । धरपकडमा कति नेपाली पक्राउ परे भन्ने एकीन तथ्यांक सार्वजनिक गरिएको छैन । तर, पक्राउ पर्नेमा अधिकांश इन्डोनेसियाली, बंगलादेशी रहेको बुझिएको छ । विदेशी कामदारहरुको जमघट बढी हुने विभिन्न स्थानमा खानतलासी जारी छ ।

jagdamba.cement
rbbbb

प्रधानमन्त्री महाथिर मोहम्मदले केही दिनअघिको एक कार्यक्रममा विदेशी कामदार व्यवस्थापन गर्न नीतिगत अध्ययन भइरहेको बताएका थिए । मलेसियाले कामदार व्यवस्थापनमा सिंगापुरको नीतिसमेत अध्ययन गरिरहेको जनाएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहँदै आएको मलेसियामा करीब ५ लाख नेपाली वैधानिक रुपमा कार्यरत र हजारौं अवैधानिक अवस्थामा रहेको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७