गोंगबु क्षेत्रबाट चार गुण्डा पक्राउ


२१ असार २०७५, बिहीबार
pakrau 1

काठमाडौं, २१ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । pakrau 1

परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेष्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैँझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७