सरकारले प्रदेश प्रमुखलाई हटाएको छैन : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल


२१ असार २०७५, बिहीबार
0 Shares
Bishnu Rimal fzeRaZ29Xa

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रमुख सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषदले सातै प्रदेशका प्रमुखलाई हटाएको भनि प्रकाशित समाचार गलत भएको बताएका छन् ।Bishnu Rimal fzeRaZ29Xa

उनले अहिलेसम्म सरकारले प्रदेश प्रमुख हटाउनेसम्बन्धी कुनै पनि निर्णय नगरेको स्पष्ट पारेका छन् । रिमालले भदौ ४ पछि भएका अन्य राजनीतिक नियुक्तिहरु मात्र खारेज भएको जानकारी दिएका छन् । यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले देउवा सरकारले गरेका अन्य राजनीतिक नियुक्तिसँगै प्रदेश प्रमुखहरु पनि हटाउने निर्णय गरेको जानकारी दिएका थिएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘कानुन मन्त्री ज्यू झुक्किनु भएको रहेछ, प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय भएको छैन’, रिमालले भने । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा प्रतिनिधिसभाका लागि निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठन हुनुभन्दा पहिले मन्त्रिपरिषद् तथा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

तत्कालीन देउवा सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको थियो । नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७