सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट


२१ असार २०७५, बिहीबार
sarbochcha adalat 1

काठमाडौं, २१ असार । माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।sarbochcha adalat 1

उक्त निर्णय विरुद्धमा बिहिबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषद्, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका हुन् । उनले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने र आफ्नो विचार राख्न पाउने मौलिक हकलाई सरकारको निर्णयले अवरोध गरेको भन्दै रिट निवेदनमा सरकारी निर्णय खारेजीको माग गरेका छन् ।

सरकारले स्वेच्छाचारी तथा अनियन्त्रित रुपमा विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको उल्लेख गर्दै निवेदनमा स्थानीय प्रशासन ऐनको गलत व्याख्या गरी सरकारले आदेश जारी गरेको उल्लेख छ ।

सरकारले साउन १ गते देखि माइतीघर मण्डलमा विरोध प्रदर्शनको लागी रोक लगाउने निर्णय गरेको थियाे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७