‘प्रदेश नं ४ को नाम तमुवान–मगरात हुनुपर्छ’


२१ असार २०७५, बिहीबार
0 Shares
mahasang

काठमाडौँ, २१ असार । प्रदेश नं ४ को प्रदेशसभाले प्रदेशको नामाङ्कन हुन गइरहेको भन्ने समाचारका सम्बन्धमा विभिन्न आदिवासी जनजाति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । mahasangफाइल तस्बिर ।

आदिवासी जनजातिका सात संस्थाले बिहिबार संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी ‘गण्डकी’ प्रदेश नामकरण गर्न लागेको खबरप्रति आपत्ति जनाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तो निर्णय भए ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी युद्ध, विभिन्न पहिचानका आन्दोलन र सरकारसँग विगतमा भएका सहमति÷सम्झौताको मूलमर्म र भावना विपरीत हुने ठहर गरिएको छ ।

आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा नै पहिचान र अधिकार भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ ।

jagdamba.cement
rbbbb

विज्ञप्तिमा प्रदेश नं ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी ‘तमुवान–मगरात’ नामकरण गर्न प्रदेश संसद् र सरकारलाई अपिल गरिएको छ ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७