हेर्नुहोस् फोटो प्रतियोगिता-२०७५ मा पुरस्कृत यो वर्षको १९ उत्कृष्ट फोटोहरु


२१ असार २०७५, बिहीबार
1st Daily Life

काठमाडौँ, २१ असार ।  फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भएको हो । उपाधिसहित श्रेष्ठले रु एक लाख प्राप्त गरे ।

photo contest wineer photo
अफ दि इयर उपाधि पाएका नरेन्द्र श्रेष्ठले खिचेको फोटो ।

यसैगरी दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । ‘आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् भने सोही विधामा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज विधाको उपाधि जित्दा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतमको फोटो तेस्रो भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले जिते । सोही विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ पहिलो, दीनेश श्रेष्ठ दोस्रो र अजय मानन्धर तेस्रो भए ।

त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते भने रवी उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो भने हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो । प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु तीस हजार, बीस हजार र दश हजार प्राप्त गरे ।

विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, आयोजक संस्थाका अध्यक्ष विकास कार्कीलगायतले पुरस्कार प्रदान गरे । सो अवसरमा मन्त्री बाँस्कोटाले फोटो आफैँमा जीवन भएकाले यसको महत्व दिनदिनै बढिरहेको बताउँदै नेपालमा फोटो पत्रकारिता पछि परेकाले यसको विकास र उन्नयनका लागि आफूले सक्दो पहल गर्ने विचार व्यक्त गरे ।

फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसनलगायत फोटोका अन्य पाटोलाई हेरेर उत्कृष्ट फोटो छानिएको बताए ।

यसैगरी यस वर्षको ‘फोटो अफ दि इयर’को विजेता श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई प्रदान गर्ने घोषणा गर्दै सदाको परिवारलाई रु ७० हजार र थपलियाको परिवारलाई रु ३० हजार दिइने बताए । गत वर्ष सप्तरीमा गएको बाढीमा ज्यान गुमाउन पुगेका कमल सदाको फोटोले यस वर्षको फोटो अफ दि इयर जित्न सफल भएको थियो ।

त्यस्तै आयोजक क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए । उत्कृष्ट घोषित भएका फोटो आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिनेछ भने काठमाडौँ बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनीको आयोजना गरिने फोटो पत्रकार क्लबले जनाएको छ ।

 

नेपाल स्माइल विधा  

1st Nepal Smiles

दिपेन्द्र रोक्काको यो फोटो नेपाल स्माइल विधामा पहिलो ।

2nd Nepal Smilesनेपाल स्माईलमा दोस्रो हुन सफल नरेन्द्र श्रेष्ठको फोटो ।

3rd nepal smiles 0572018015040नेपाल स्माइलमा तेस्रो हुन सफल सुरज श्रेष्ठको फोटो ।

डेली लाइफ विधा  

1st Daily Lifeडेली लाइफ’ विधामा सुनिता डंगोलको  पहिलो बन्न सफल फोटो ।

2nd Daily Life
डेली लाइफ अन्तर्गत दोस्रो हुन सफल दुर्गा राना मगरको फोटो ।
3rd daily life 0572018015020
केशव थापाको डेली लाइफ विधामा तेस्रो हुन सपफल फोटो ।

न्युज विधा

1st news 0572018014852
न्युज विधाको उपाधि जित्न अंगल ढंकालकाे तस्बिर । जुन २०, २०१६ मा अफगानिस्तानको राधजधानी काबुलमा आत्मघाती बम बिस्फोटनमा परी मृत्यु भएका जितेन्द्र थापाकी पत्नी संचिता थापा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा शोकविहवल अवस्थामा । उक्त घटनामा १३ जना नेपालीको ज्यान गुमाएका थिए ।

 

2nd News
न्युज विधामा दोस्रो बन्न सफल संजोग मानन्धरको फोटो ।
3rd news 0572018015051
न्युज विधामा तेस्रो हुन सफल स्कन्द गौतमको तस्बिर । युएस बंगलकाे त्रिभुवन  विमानस्थलमा दुर्घटनापछि ।

 

नेचर एण्ड वाइल्डलाइफ विधा 

1st Nature and Wildlife
नेचर एण्ड वाइल्डलाइफको पहिलो पुरस्कार श्रीराम खत्रीले जिते ।
2ndd nature and wildlife 0572018014931
नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्यो ।
3rd nature and wildlife 0572018015030
नेचर एण्ड वाइल्ड लाइफमा  हेमन्त श्रेष्ठको तेस्रो हुन सफल फोटो ।

कल्चर एण्ड टुरिजम विधा  

1st Culture and Tourism
कल्चर एण्ड टुरिजममा  विधामा प्रथम हुन सफल  किरण श्रेष्ठकाे तस्बिर ।
2nd Culture and Tourism
कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको दोस्रो हुन सफल फोटो ।
3rd culture and tourism 0572018015011
कल्चर एण्ड टुरिजममा अजय मानन्धरको फोटो तेस्रो बन्न सफल भयो ।

स्पोर्टस विधा 

1st sports 0572018014902
एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले फाेटाे।
2nd sports 0572018015000
एक्सन स्पोर्टसमा रविक उपाध्यायको दोस्रो हुन सफल फोटो   ।
3rd sports 0572018015100
एक्सन स्पोर्टसमा उज्वल चन्द्र बुद्धाचार्यको तेस्रो हुन सफल फोटो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७