तस्बिरमा सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक

काठमाडौं, २१ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटिको बैठक विहिबार प्रधानमन्त्रीको सरकारी निवाश वालुवाटारमा बसेको छ । बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ ।
बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेका मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए । नेताहरुले दिएको सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिइएको हो ।
तस्बिर : – चेतन अधिकारी/प्रधानमन्त्रीको स्वकीय सचिवालय