एकल कविता वाचनमा यशोदा अधिकारी


२१ असार २०७५, बिहीबार
0 Shares
Yesodha akhikari
slj clwsf/L–sljtf jfrg ;f+:s[lts ;+:yfgsf] cfof]hgfdf cfof]lht ;|i6f / l;h{gf sfo{qmd cGtu{t laxLaf/ Psn sljtf jfrg sfo{qmddf sljtf jfrg ub}{ slj ozf]bf clwsf/L . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ, २१ असार :

समय बिहानको कब्जामा छ
बाथरुममा भाँडासँग निषेध गरिएको छ
चुहिरहेछ गाग्रीभित्रका पानी
भोकभोकै तड्पिरहेछ मुख कुच्चिएको
त्यो पुरानो सिल्बरे गाग्री

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

Yesodha akhikari

पत्रकार तथा कवि यशोदा अधिकारीले महिलाका पक्षमा आज राष्ट्रिय नाचघर९सांस्कृतिक संस्थान०मा दर्जन कविताका स्वर उचालिन् । अधिकारीका कवितामा महिलाले पुरुषभन्दा बढी काम गरेर पनि सम्मानित हुन नसकेकोबारे चित्रण गर्न खोजेको थियो ।

jagdamba.cement
rbbbb

अधिकारीले समाजमा महिला पुरुषबाट मात्र नभई महिलाबाट पनि पीडित हुने गरेको भाव सुनाउनुभयो । उनलाई कविता वाचनमा जङ्ग पहाडी, मीना श्रेष्ठ, तारा केसी, श्याम रिमाल र रविराज बसौलाले साथ दिए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समाजका वास्तविकतालाई कविहरुले जोड दिनुपर्ने दिए । उनले भने, ‘वास्तवमा कविताले मानिसको मन मस्तिष्कमा प्रभाव पार्न सक्यो भने मात्र प्रभावकारी मानिन्छ । प्राज्ञ नर्मदेश्वरी सत्यालले अधिकारीले समाजलाई नजिकबाट नियाल्दै कविता लेख्ने गरेको र यथार्थवादी हुने गरेको बताइन् ।

संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले वाद्यवादन, साहित्य र गायन र ललितकलालाई पनि समेट्दै प्रतिभाहरुलाई मञ्च दिएको जानकारी दिए ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र सांसद खेम नेपालीले अधिकारी निकै संभावना भएकी कवि भएको बताए । अधिकारीका हालसम्म ‘निषेधविरुद्ध’ र ‘अस्वीकार’ (कवितासंग्रह), ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ (जीवनी), ‘क ख गीत’ (बाल कविता)  र ‘जुरेली र मयुर’ (बाल कविता) प्रकाशित छन् । अधिकारीको जन्म विसं २०४१ मा काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित मेच्छे गाउँमा भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७