राजनीतिक नियुक्ति खारेजको निर्णयपछि बल्ल विवरण शुरु


२२ असार २०७५, शुक्रबार
0 Shares
primenister office

काठमाडाैं, २२ असार । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयपछि मात्रै सरकारले खारेज हुने नियुक्तिहरुको विवरण संकलन थालेको छ ।primenister office

बुधबारको निर्णय नीतिगत मात्र भएको र निर्णय कार्यान्वयनका लागि विवरण संकलनको काम शुरु भइसकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोट गर्दैछ । अाजकाे नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बास्कोटाले खुला प्रतिष्पर्धाबाट भएका भदौ १४ पछिका नियुक्ति पनि खारेज हुने बताएका छन् । निर्वाचन आचारसंहिता लागू भएका अवस्थामा खुला प्रतिष्पर्धाबाट नियुक्ति हुनु पनि आचारसंहिताविपरीत भएको र चुनावबाट नयाँ जनमत आएपछि खुला प्रतिस्पर्धाको नतिजा निकाल्न हतारो गर्नु नैतिक रुपमा ठीक नभएको मन्त्री बास्कोटाको तर्क छ ।

नियुक्ति बदर गर्नुअघि विशेषज्ञको नियुक्ति हो कि राजनीतिक केलाउने र त्यसपछि यसबारे निर्णय लिने बास्कोटाले बताएका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७