प्रदेश ७ ले प्रदेश बस सञ्चालन गर्ने

काठमाडौं, २२ असार । प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो । अाजकाे कारोबार दैनिकमा समाचार छ ।
निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।
बजेटमा व्यवस्था भएअनुसार सरकारले प्रदेशभित्र बस सेवा सत्तचालन गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले बताए ।