नेपाली रुपैंयाँ हालसम्मकै कमजोर, भान्छा महँगिने


२२ असार २०७५, शुक्रबार
nepali not

काठमाडौं, २२ असार । लगातार अमेरिकी डलर अहिले महँगिन थालेपछि नेपाली रुपैंयाँ हालसम्मकै बमजोर भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ६२ पैसा तय गरेको छ । पाँच दिनयता ११० रुपैयाँमाथि रहेको डलरले शुक्रबार सबैभन्दा महँगो बनेको छ ।nepali not

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो बनेको अर्थ क्षेत्रका जानकार बताउँछन् । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थितर बिनिमय दर छ । नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ । यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तो बन्ने गर्छ । एक डलर बराबर ६८.९५ भारु तय भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डलर ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो । त्यसबेला विनिमय दर पुनरावलोकनको मुद्दा उठेको थियो । मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रममा यस बारेमा प्रश्न उठाउँदा तत्कालीन गभर्नर खतिवडाले तीन वटा शर्त पूरा नभई विनिमय दर पुनरावलोकनको बिषय उठाउन जायज नहुने तर्क दिएका थिए । उनले स्थिर सरकार, धनात्मक शोधनान्तर र उच्च आर्थिक बृद्धि दर हाँसिल भएका बेला मात्र पुनरावलोकन गर्न सकिने तर्क गरेका थिए । उनले भने जस्तै अहिले स्थिर सरकार र उच्च आर्थिक बृद्धि दर हासिल भएको छ । तर आयात उच्च भएका कारण शोधनान्तर ऋणात्मक छ । डलर महँगिदै जाँदा नेपाली र भारुबीचको विनिमय दर पुनरावलोकनको विषय यसपाली भने वहशमा छैन ।

बर्ष दिनमा नेपाली रुपैयाँ डलरभन्दा सात प्रतिशतले थप कमजोर भएको हो । डलर बलियो हुँदै जाँदा नेपाली भान्छा महँगिन्छ । विगतमा डलर महँगिदा भारुसँगको विनिमय दरका बारेमा पुनरावलोकन गर्नु पर्ने आवाज उठेको थियो । कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण भारु कमजोर हुँदै गएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले पछिल्लो विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमा समःया देखिन थालेको संकेत गरेको थियो, त्यसको असर पनि मुद्रा बजारमा परेको विश्लेषण गरिएको छ । पछिल्लो समय भरतमा आयात फराकिलो हुँदै गएको छ । आयातका लागि उसँग भएको विदेशी मुद्राको भण्डारणमा पनि कमी आएको छ । यसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको विश्लेषण सञ्चार माध्यमहरुले गरेका छन् ।

डलर बढ्दा के हुन्छ ?

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा ६ खर्ब ६ खर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयतमा समेत सुधार हुनेछ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । बैशाखसम्म नेपालले निर्यात ब्यापार ६६ खर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७