राजधानीका ९ जना खुंखार पाकेटमार पक्राउ, पाकेट मार्न यस्तो योजना


२२ असार २०७५, शुक्रबार
kishor1

काठमाडौं, २२ असार । सार्वजनिक यात्राका क्रममा तपाईको कसैले पाकेट मारेको छ ? यदि छैन भने तपाई अहिलेसम्म भाग्यमानी मान्नु पर्छ । किनकी काठमाडौंमा पाकेटमारको बिगबिगी बढिरहेको छ ।kishor1

राजधानीमा पाकेटमार र लुटेराको बिगबिगी बढिरहेका बेला महानगरीय प्रहरी वृत्त, गौशालाले ९ जना व्यवसायिक पाकेटमारलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्ने अधिकांश युवा छन् । महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न ५ जना समातिए । तीमध्ये ३ जना किशोर छन् भने एक जना २० र अर्का एक ३९ वर्षका युवा छन् ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढङ्गले पकेटमारी तथा चोरी गर्ने गरेको तथ्य खुलेको छ । रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा १९ वर्षीय प्रतीक बस्नेत, वर्ष १९ कै पवनराज गिरी र उदयपुर कटारी नगरपालिका–१२ का १७ वर्षीय राजकुमार बस्नेत पक्राउ परेका छन् । त्यसैगरी प्रहरीले पाकेटमारीमै संलग्न २० वर्षीय विनोद खड्का र ३९ वर्षीय अल्लाद दासलाई पक्रेको छ ।

यिनीहरु एक साताको बीचमा गौशाला क्षेत्रभित्रबाट समातिएका हुन् । पकेटमारी तथा चोरी मात्रै होइन, लागू पदार्थ सेवन तथा बिक्री वितरणमा पनि किशोरहरुको संलग्नता अत्यासलाग्दो देखिएको छ । गौशाला प्रहरीले पछिल्लो १ सातामा सञ्चालन गरेको अर्को अभियानका क्रममा ४ जना पक्राउ परे । रोचक के छ भने यो अभियानका क्रममा समातिनेमा पनि अधिकांश किशोर नै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७