संसदीय सुनुवाइ समितिमा तीन जनाको नाम घोषणा


२२ असार २०७५, शुक्रबार

काठमाडौं, २२ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गरेका छन् । samsad bhawan संसद भवनf

आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्नुहुने जानकारी गराउनुभएकामा बैठकले उनीहरुको नाम स्वीकृत गरेको थियो ।

१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन जना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७