कांग्रेसले नेताले ओलीलाई पुष्पलाल र मदन भण्डारीको संस्कृति स्मरण गराएपछि…


२२ असार २०७५, शुक्रबार
oli krna

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । oli krna

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताए । उनले सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभ संकेत नभएको बताउँदै तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गरे ।

सांसद देवले भने, ‘पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मूठभेडले कसैलाई फाइदा गर्दैन । दम्भ र घमण्ड नपालौं, नराखौं, मुठभेडको राजनीतिक अन्त्य गरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७